काठमाडौं, ६ भदौ । काठमाडौंको नरेफाँटबाट महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले एक जनालाई अवैध खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–८ घर भएका ३० वर्षीय बिक्रम तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङको साथबाट प्रहरीले खोजतलास गर्दा १० ग्राम खैरो हेरोइन र औषधीजन्य लागुऔषध बरामद गरेको हो ।
तामाङको डेरामा खोजतलासी लिँदा प्रहरीले डाइजेपाम ९९ एम्पुल, फेनारगन १०० एम्पुल र नुर्फिन १०१ एम्पुल बरामद गरेको जनाएको छ । उनको साथबाट ८ थान मोवाइल समेत प्रहरीले जनाएको छ ।















प्रतिक्रिया