७ कार्तिक २०८३, शनिबार

कतार एयरवेज कार्गोद्वारा फ्रेइटोसको वेबकार्गो सेवा विस्तार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, ५ भदौ । कतार एयरवेजले थर्ड पार्टी ई–बुकिङ प्ल्याटफर्म फ्रेइटोसको वेबकार्गो सेवा २३ अगस्ट २०२१ देखि लागू हुनेगरी विश्वभर विस्तार गरेको छ ।

कतार एयरवेजको विश्वव्यापी नेट्वर्कमा प्रयोगकर्ताहरूले अब वेबकार्गो प्ल्याटफर्मबाट लागत तथा क्षमताको प्रत्यक्ष जानकारी सहित अनलाइन वा अफलाइन ई–बुकिङ गर्न सक्नेछन् ।

फेब्रुअरी २०२१ मा फ्रान्स, जर्मनी, इटाली, दक्षिण अफ्रिका, स्पेन तथा नेदरल्याण्डस्मा सेवा सुरुवात भएपछि एयरलाइनले तीव्र रुपले युरोपका अन्य केही राष्ट्र र हालसालै जुलाईमा संयुक्त राज्य अमेरिकामा पनि सेवा विस्तार गरेको हो । यस विश्वव्यापी कार्यान्वयनसँगै अब उक्त सेवा ७२ राष्ट्रमा विस्तार भएको छ ।