
काठमाडौँ, ४ भदौ । बैंक अफ काठमाण्डू लिमिटेडले प्रविधिको उच्चतम् प्रयोग गरी ग्राहक महानुभावहरुलाई उत्कृष्ट सेवा तथा सुविधाहरु उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
नियर फिल्ड कम्युनिकेशन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गरी ग्राहक महानुभावहरुले भुक्तानी गर्न सकिने सुविधामा आधारित सुविधा ल्याएको हो ।
यस प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरिबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ ।
हालको विश्व महामारीको रुपमा रहेको कोभिड १९ को जोखिममा न्यूनिकरणको लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहक महानुुभावहरुले व्यक्तिगत दुरी कायम गर्न सहज हुनेछ ।
हाललाई यस प्रविधिमार्फत ग्राहक महानुभावहरुले प्रति कारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
साथै, आफ्नो ग्राहक महानुभावहरुलाई प्रविधिमैत्री सेवा तथा सुबिधा उपलब्ध गराउने क्रममा यस बैंकले नयाँ नयाँ प्रविधिको प्रयोग गरी एप तथा वेवबाट प्रयोग गर्न सकिने मोबाईल बैंकिङ्ग, संस्थागत ग्राहक महानुभावहरुलाई लक्षित गरी इन्टरनेट बैंकिङ्ग, १०० भन्दा बढी स्थानहरुमा छुटको व्यवस्था सहितको डेबिट तथा क्रेडिट कार्ड, अन्तर्राष्ट्रिय अनलाइन सञ्चारमाध्यमहरु जस्तै (फ्री फायर, प्राइम भिडियो, वालमार्ट, नेटफ्लिक्स, पब्जी, अमेजन, अलिबाबा, गुगल प्ले स्टोर, फेसबुक, आइक्लाउड, गुगल) मार्फत सामान तथा सेवा खरिद गरी वार्षिक ५०० अमेरिकी डलरसम्मको भुक्तानी गर्न मिल्ने ईकम प्रिपेड कार्ड तथा अन्य ग्राहक मुखी सेवा तथा सुविधाहरु मार्फत बैंकिङ्गको परिस्कृत अनुभव ग्राहक महानुभावहरुबीच ल्याइरहेको छ ।















प्रतिक्रिया