
काठमाडौँ, ४ भदौ । महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम परिवर्तन गरिएको छ ।
सो पक्षले शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नाममा दर्ताका निर्वाचन आयोगमा पुनः निवदेन दिएको बताइएको छ ।
वुधबार जसपा लोकतान्त्रिकको नाममा पार्टी दर्ताका लागि सो पक्षले निवेदन दिएको थियो ।
तर जसपाले विरोध गरेपछि ठाकुर समूहले आयोगमा नाम फेरेर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि पुनः निवेदन दिएको हो ।
नयाँ पार्टीमा ३१ जनाको कार्यकारिणी समिति सदस्यमध्ये रहेका छन् भने २ जना वरिष्ठ नेताहरु रहेका छन् ।












प्रतिक्रिया