
काठमाडौँ, ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले वागमती प्रदेशमा नयाँ प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छिन् ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका छन् ।
संखुवासभाका शर्मालाई संविधानको धारा १६३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै, यसअघिका प्रमुख विष्णु प्रसाद प्रसाई पदमुक्त भएका छन् ।













प्रतिक्रिया