९ कार्तिक २०८३, सोमबार

पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

डोटी, ४ भदौ । गए रातिको वर्षाका कारण अवरुद्ध भीमदत्त राजमार्ग पुनः सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने यो एकमात्र पहाडी राजमार्ग हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षाका कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

राजमार्ग खुलाउन सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोग लिइएको घण्टेश्वर गैरास्थित प्रहरी चौकीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएका कारण गए रातिदेखि अलपत्र परेका दर्जनौँ सवारीसाधन तथा सयौँ यात्रु अहिले आआफ्नो गन्तव्यतिर लागेका स्थानीयवासी मोतीसिंह बमले बताए । पहिरोका कारण पाँचौँ पटकसम्म राजमार्ग अवरुद्ध भइसकेको जनाइएको छ । –रासस