काठमाडौं, ४ भदौ । नबिल बंैकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता ग®ेको छ ।
यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड ग्राहकहरुले नबिल बैंकमार्फत लेटर अफ क्रेडिट, डीएपी, डीएए, लोकल बैैंक ज्ञारेन्टीसहितका सुबिधाहरु उपभोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् ।
साथै यस सम्झौता पश्चात दुइ बैंक बीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, बिदेशी मुद्रासम्बन्धि अन्य कारोबार समेत अगाडि बढाउने लक्ष्य राखिएको छ ।















प्रतिक्रिया