काठमाडौं, ४ भदौ । विश्वभरि १० करोड स्मार्टफोन बिक्री भएको उत्साह मनाउन सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले किफायती तर हाइ इण्ड सेगमेन्टमा जिटी सिरिजमार्फत मार्फत दुई नयाँ आकर्षक स्मार्टफोनहरु रिलिज गर्ने घोषणा गरेको छ ।
रियलमी जिटी मास्टर एडिसन र रियलमी जिटी एक्सप्लोर मास्टर एडिसन, रियलमीले पहिलो पटक आफ्नो फरक डिजाइनमा बनेको २ के डिस्प्ले ल्यापटप र रियलमी बुक पनि लिएर आउँदै गरेको विज्ञप्तिमा उल्लेख छ ।
पहिले भन्दा अझ उत्कृष्ट उत्पादन निकाल्ने योजनासहित अघि बढिरहेको रियलमीको यो एकदमै महत्वपूर्ण कदम हो ।















प्रतिक्रिया