काठमाडौं, ४ भदौ । बर्दिया जिल्लाको गुलरिया नगरपालिका–७ स्थित विजय गेष्ट हाउसबाट प्रहरीले बुद्धको मूर्तिसहित ५ जनालाई पक्राउ गरेको छ ।
गुलरिया बजारस्थित विजय गेष्ट हाउसमा केही मानिसहरूले पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहुमूल्य धातुको बुद्धको मूर्ति) करोडौं रुपियाँमा किनबेच गरिरहेका छन् भन्ने सूचनाका आधारमा छापामारेको थियो ।
होटलको कोठा नं. ३२८ मा चेकजाँच गर्दा किनबेच गर्ने उद्देश्यले राखिएको बुद्धको मूर्तिसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका– ७ बस्ने वर्ष ४० का निराजन उप्रेती, मधुबन नगरपालिका– १ बस्ने वर्ष ३४ को उज्वल रोकाय, वर्ष ३४ को अमृत राई, ठाकुरबाबा नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३२ को ईश्वरीप्रसाद उपाध्याय र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. २ बस्ने वर्ष २९ को मगबहादुर नेपालीलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बुद्धको मूर्ति ७ किलो ७०२ ग्राम तौल रहेको छ । मूर्तिको उचाई ९.५ ईञ्च रहेको छ ।











प्रतिक्रिया