१७ कार्तिक २०८३, मंगलबार

शेरचनको निधन प्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिष्ठित सञ्चार उद्यमी एवं संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधन प्रति दुःख व्यक्त गरेका छन् ।

कोभिड–१९ को महामारीमा जीवन गुमाएका उनी एमालेका सदस्य थिए । अध्यक्ष ओलीले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

राजधानी दैनिकको प्रकाशकका रुपमा उनले लामो समयदेखि नेपालको सञ्चार क्षेत्रमा, खासगरी बे्राडसिट दैनिकको व्यवसायिक प्रकाशनमा महत्वपूर्ण योगदान गर्दै आएका थिए ।

पछिल्लो समय सञ्चार उद्यमीहरुको संगठन मिडिया एलाइन्स र नेपाल सरकारद्वारा गठित विज्ञापन बोर्डको नेतृत्व तहमा रहेर उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका थिए ।