काठमाडौं, ३ भदौ । आफ्ना ग्राहकहरूको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले नबिल क्यास मेसिन जारी गरेको छ ।
आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित हुँदै यस मेसिनले ग्राहकहरुलाई एटिएममार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ ।
यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ ।
अब ग्राहकले मेशिनमा रु. १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा रु. ९९,९०० जम्मा गर्न सक्नेछन् ।
















प्रतिक्रिया