१८ कार्तिक २०८३, बुधबार

सरकारको अध्यादेश प्रतिगामी हो, फिर्ता लिन बाध्य पारौँः गोकर्ण विष्ट

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेखेर सचिव विष्टले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णय प्रतिगामी भएको बताएका छन् ।

त्यस्तै, उनले सरकारले ल्याउन लागेको अध्यादेशलाई फिर्ता लिन बाध्य पार्न पनि अपिल गरेका छन् । नेता विष्टले अध्यादेश ल्याउने कार्य खेदजनक रहेको भन्दै यसले दलहरूप्रति विकर्षण र वितृष्ण पैदा गर्ने उल्लेख गरेका छन् ।

नेता माधव नेपाल पक्षका नेता विष्टले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्ने कामले राजनीतिक अस्थिरता, अन्योल र अराजकता सिर्जना गर्ने विष्टले बताएका छन् ।

सरकारले एमालेको नेपाल समूहलाई फुटाएरै भएपनि सरकार टिकाउन अध्यादेश ल्याउँदैछ ।