
कपिलवस्तु, १ भदौ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभूमि नगरपालिका–३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणी पाण्डेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थान सामुदायिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा चन्द्रमणीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया