
काठमाडौँ, १ भदौ । सरकारले २० प्रतिशतले नै पार्टी फुटाउन सक्ने दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको प्रति नेकपा एमालेले कडा विरोध जनाएको छ ।
मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले अध्यादेश ल्याउने सरकारले योजना निन्दनीय र अस्वीकार्य भएको ठहर गरेको छ ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको विभाजनकारी योजनाको आफूहरुको गम्भीर विरोध रहेको बताउँदै सरकारको योजनाको खबरदारी तथा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको बताए ।
त्यस्तै, एमालेले एकताको पक्षमा लाग्न पार्टी नेता कार्यकर्तालाई आह्वान समेत गरेको छ ।












प्रतिक्रिया