
काठमाडौँ, १ भदौ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएको छ ।
सरकारले ल्याएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने भएको छ ।
यसअघि भने केन्द्रीय समिति र संसदीय दलमा अनिवार्य ४० प्रतिशत संख्या हुने उल्लेख थियो ।
विशेषगरी एमालेका माधव नेपाल पक्षलाई विभाजन गराएर आफ्नो सरकार टिकाउन प्रधानमन्त्री शेर बहादुर देउवाले अध्यादेश ल्याएका हुन् ।
यद्यपि एमालेले कडा विरोध जनाएको छ भने सत्ता गठबन्धनको जसपाले पनि विरोध जनाएको छ ।












प्रतिक्रिया