काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
मंगलबार बिहान ठाकुरले आफ्नो पक्षका चार नेताहरूसहित देउवासँग बालुवाटारमा भेट गरेका हुन् । भेटमा ठाकुरले दल विभाजन गर्ने अध्यादेश ल्याउन माग गरेको एक नेताले बताएका छन् ।
प्रधानमन्त्री देउवासँगको भेटमा नेता ठाकुरले चाँडोभन्दा चाडो दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेको हो ।











प्रतिक्रिया