१८ कार्तिक २०८३, बुधबार

पातलो प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउन सर्वोच्चको आदेश (आदेशसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ साउन । सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।

यस्तो आदेश अदालतले यसअघि पनि दिएको थियो । तर, अहिले भने पातलो प्लाष्टिकका झोला हटाउने कार्ययोजनाको प्रगति विवरण दुई–दुई महिनामा बुझाउन सरकारका नाममा बाध्यकारी आदेश गरेको छ ।

अधिवक्ता पदमबहादुर श्रेष्ठलगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश सुवेदीले १० दिनभित्र कार्ययोजना तयार गर्न सरकारलाई आदेश गरेका छन् ।

यस्तो छ अदालतको आदेशः