
काठमाडौँ, ३२ साउन । यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २७ औँ वार्षिक साधारण सभा आइतबार भर्चुअल माध्यममार्फत सम्पन्न भएको छ ।
सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।
साथै कम्पनीको आ. व ०७७/०७८ को आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाव, वासलात, नगद प्रभाह विवरणको बारेमा संंक्षिप्त जानकारी दिइयो ।
कम्पनीका संचालक समितिको अध्यक्षबाट कम्पनी स्थापना भएको २८ औँ वर्षमा कम्पनीले प्रकाशित गरेको आ. व. ०७७/०७८ को चौथो वित्तीय विवरण अनुसार कम्पनीले बीमा शुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्व क्लबमा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशत भन्दा बढिले वृद्धि गर्न सफल भएको जानकारी गराए ।
कम्पनीको उक्त सफलता प्रति सम्पूर्ण शेयरधनीहरुले हर्ष व्यक्त गर्दै संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका छन् ।
कम्पनीको कुल बीमा शुल्क आम्दानी ६९ करोड ८९ लाख ३ हजार ९८३ आर्जन भएको र कम्पनीको चुक्ता पुँजीरु ३० करोड २४ लाखमा २४० प्रतिशतले वृद्धि गरी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ भएको छ । साथै, आर्थिक वर्ष ०७७/०७८ का लागि बाह्य लेखा परीक्षक ए म. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।















प्रतिक्रिया