७ कार्तिक २०८३, शनिबार

आइतबार १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज १०० रुपैयाँ घट्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । अघिल्लो दिन आइतबार प्रतितोला १००० रुपैयाँले बढेको सुनको मूल्य आज सोमबार १०० रुपैयाँले घटेको छ ।

जस अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार तोलाको ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य आज ९० हजार १०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी तोलाको १ हजार २०० रुपैयाँमा किचबेच भइरहेको छ । अघिल्लो दिन प्रतितोला चाँदीको मूल्य २० रुपैयाँले बढेर १ हवार २०५ रुपैयाँमा कारोबार भएको थियो ।