
काठमाडौँ, ३१ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गरिरहेको कामलाई नै निरन्तता दिए माओवादीको काम नरहेको बताएका छन् ।
‘अहिले गरिरहेको कामलाई नै निरन्तता दिने हो यो पार्टीको काम छैन । विश्वमा कम्युनिस्ट पार्टीहरू पतन भए । गोर्भाचोभ देखियो, येल्तसिन पनि देखियो,’ आइतबार केन्द्रीय कमिटीको बैठकमा सम्वोधन गर्दै उनले भने, ‘वर्गप्रति, सिद्धान्तप्रति इमान्दार नहुनुभन्दा पार्टीकै विघटन गरेर, अध्ययन–अनुसन्धानमा लाग्नु वा किताब लेखेर बस्नु बढी इमान्दारीता हुन्छ ।’
‘हामीमा पनि विचलन हुने हो कि भन्ने प्रक्रिया निकै तीब्र छ । त्यतातिरै गइराखेको छ, हामीले थाहै नपाई,’ प्रचण्डले भने, ‘हामीले यसलाई कुन विन्दुमा ब्रेक गर्छौं त ? कसले गर्छ ब्रेक ? हामीले ब्रेक गर्ने हो कि हैन ? मुखले मात्रै ब्रेक गर्ने हो कि व्यवहारमा ?’ प्रचण्डले प्रश्न गरे ।












प्रतिक्रिया