९ कार्तिक २०८३, सोमबार

यार्सागुम्बा लुटपाट गरेको अभियोगमा सात जना पक्राउ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक कटुन्जे बस्ने बझाङको मष्ट गाउँपालिका–५ का ३४ वर्षीय धर्म ओखेडा, काठमाडौं ठमेल बस्ने दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३२ वर्षीय मनोज कुमार श्रेष्ठ, काठमाडौं नयाँबजार बस्ने रामेछापको दोरम्बा गाउँपालिका–४ का २७ वर्षीय दिपक थापामगर र काभ्रेको पाँचखाल नगरपालिका–१२ का २७ वर्षीय बिशाल लामा छन् ।

त्यसैगरी काभ्रेकै तिमाल गाउँपालिका–४ का २३ वर्षीय योङदेन लामा, भक्तपुर सानोठिमी बस्ने रामेछापको दोरम्बा गाउँपालिका–२ का २२ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं खुसिबु नयाँबजार बस्ने भारत घर भएका ३७ वर्षीय मोहम्मद ईसाकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

साउन २४ गते दिउँसो काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ का दिपक लामा र काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोकको बलेफी गाँउपालिका–६ का सुरेश सापकोटालाई १ किलो यार्सागुम्वा २८ लाख रुपैयाँमा खरीद गर्छु भन्दै काठमाडौं नयाँ बसपार्क मित्रनगरस्थित होटेलमा बोलाई उनीहरूले ल्याएको उक्त यार्सागुम्बा अपरिचित व्यक्तिहरुले लुटी फरार भएका थिए ।

उक्त घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई ७ केजी ४४० ग्राम यार्सागुम्बा र नगद १ लाख ५३ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।