९ कार्तिक २०८३, सोमबार

गृहमन्त्री खाणद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । गृहमन्त्री बालकृष्ण खाणले आज आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा मन्त्री खाणले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिएका छन् ।

निरीक्षणपश्चात उनले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई सम्बोधन गरेका थिए ।

सो क्रममा उनले प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जीवनरक्षाका लागि सबै गम्भीर हुनुपर्ने बताए ।

आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनीकरणका लागि गम्भीरतापूर्वक लिन समेत उनले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।