
काठमाडौं, ३१ साउन । मुक्तिनाथ विकास बैंकको मुनाफा मुनाफा ४४ करोड २६ लाख रुपैयाँले बढेको छ ।
बैंकले हालै गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष खुद मुनाफा झन्डै ६३ प्रतिशतले बढेको छ ।
बैंकको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ करोड २६ लाख रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक बर्ष ७० करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा गत आर्थिक वर्ष १ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको हो ।
१ अर्ब १५ करोड रुपैयाँ खुद मुनाफा गरेको मुक्तिनाथसँग आफ्ना सेयरधनीहरुलाई बाँड्न मिल्ने मुनाफा ८६ करोड ५ लाख रुपैयाँ रहेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष निक्षेप ५१ दशमलव ६३ प्रतिशतले बढाएर ८६ अर्ब ९० करोड रुपैयाँ पुर्याएको छ भने कर्जा लगानी पनि ५२ दशमलव ९५ प्रतिशतले बढाएर ७२ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ ।
गत आर्थिक वर्ष मुक्तिनाथको आफ्नो मुख्य आम्दानीको स्रोत अर्थात् खुद ब्याज आम्दानी १९ दशमलव ७० प्रतिशतले बढाएर २ अर्ब ७० करोडबाट २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा मुक्तिनाथको चुक्ता पूँजी ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा १ अर्ब ९९ करोड रुपैयाँ छ । त्यस्तै खराब कर्जा अनुपात पनि ० दशमलव ४६ प्रतिशतबाट ० दशमलव २५ प्रतिशतमा झरेको छ ।















प्रतिक्रिया