धनगढी, ३१ साउन । कैलाली जिल्लामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिका– ६ मा स्कुटर दुर्घटना हुँदा चालक १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सुपप्र ००१–००८ प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १० बजे दुर्घटना भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको छ ।











प्रतिक्रिया