आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

एनआरएनए उपाध्यक्षका लागि पुनः उम्मेदवारी दिँदै धर्मराज अधिकारी

दैनिक नेपाल २०७८ साउन ३० गते १५:४४

काठमाडौं, ३० साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षका लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारीले उम्मेदवारी दिने भएका छन् ।

आगामी अक्टोबर २३ देखि २५ तारिखसम्मे हुने संघको १०औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । सोही महाधिवेशनका लागि अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । नेपालबाट अध्ययन र व्यापारको सिलसिलामा अष्ट्रेलिया पुगेका उनी एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा सक्रिय व्यक्ति हुन् ।

अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएनको लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा शीप तथा ज्ञानको प्रवर्द्धन गर्ने महत्वपूर्ण एजेन्डासहित उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

अघिल्लोपटक आफ्नै प्यानलको धोखाका कारण उपाध्यक्षमा पराजित अधिकारिले यसपटक पुनः सोही पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । संघको नेतृत्वका लागि अनलाइन मतदान गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित