आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी

दैनिक नेपाल २०७८ साउन ३० गते १०:१७

भरतपुर, ३० साउन । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ ।

शनिबार बिहान विमानस्थलको विशिष्ट कक्षमा विद्युतसर्ट भएर आगलागी भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रहेका प्रहरी नायब उपरीक्षक डीएसपी सूर्य थापाले जानकारी दिए ।

बिहान साढे ६ बजेतिर लागेको आगो १० मिनेटमै नियन्त्रणमा आएको थियो । आगलागीबाट विशिष्ट कक्षका केही उपकरण र फर्निचर नोक्सान भएका छन् । तर विमानस्थलको सेवा जारी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित