आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

शनिबारको बैठकबाट कांग्रेसको महाधिवेशनबारे आवश्यक निर्णय आउँछः गिरी

दैनिक नेपाल २०७८ साउन ३० गते ९:५०

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशन सुनिश्चित गर्ने बताएका छन् ।

​बिहीबारदेखि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकले महाधिवेशनबारे आवश्यक निर्णय लिने उनको भनाइ छ ।

‘केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशन सम्बन्धमा संवैधानिक, कानूनी, राजनीतिक र मुलुकको विद्यमान कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर जनता र कांग्रेसका झण्डै ९ लाख क्रियाशील सदस्यहरूको चाहना एव् भावना अनुसार उपयुक्त र आवश्यक निर्णय लिनेछ’, गिरीले भने ।

आजको बैठकले महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने उनले बताए । गिरीका अनुसार पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका समेत पारित गर्न सक्नेछ ।

प्रतिक्रिया
सम्बन्धित