२९ आश्विन २०८३, बिहिबार

कोरोना फैलिएसँगै खोसिएका खुसीहरू

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिवा स्त्री खत्री

उडायो सपना सबै हुरीले भन्ने निकै चर्चित र पुरानो गीत साँच्चीकै यतिखेर धेरैको जीवनमा वास्तविकतामा परिणत भएको छ । गएको वर्ष चैत महिनामा कोभिड–१९ विभिन्न देश हुँदै नेपालमा पनि चैत ११ गते विदेशबाट आएकी युवतीमा कोरोना पोजेटिभ देखिएसँगै विस्तारै धेरैमा कोरोना पोजेटिभ देखिदैगयो । कोरोना फैलिन नदिने र नियन्त्रण गर्ने उद्देश्यले सरकारले चैत १० गतेदेखि एकहप्ताका लागि भनेर लकडाउन गरियो फलस्वरुप सबै व्यापार, व्यवसाय, होटल, स्कुल कलेज सबै ठप्प भए । विस्तारै लकडाउन बढाउँदै महिनौँ लकडाउनको चपेटामा पर्नुपर्‍यो लाखौ प्राइभेट जागिरे, होटल व्यवसायी यातायात व्यवसायी मजदुरी धेरैले ठूलो क्षति भोग्नु पर्‍यो ।

देशमा ठूलो महामारीले धेरै मानिस अस्तव्यस्त भए पीडैपीडामा डुब्नु प¥यो । लाखौ रकम लगानी गरेर व्यवसाय शुरु गरेका व्यवसायीका सपनाहरू चकनाचुर भए ठूलो लगानी गरेर देखेका सपना सबै केवल सपनामा मात्र बाँकीरहे लगानीबाट नाफा कमाउनु त कहाँ हो कहाँ घाटा सहनु प¥यो हुने हार दैव नटार भन्ने नेपाली उखान जस्तै भयो । कोरोना रोगलाई विश्व स्वास्थ संगठनले पनि रोकथाम र नियन्त्रण गर्न सकेन आखिर सबैभन्दा ठूलो धन भनेकै स्वास्थ्य नै रहेछ भन्ने कोरोनाले प्रमाणित गरिदियो । साँच्चिकै यो भनाईप्रति सबै विश्वस्त पनि भए । मानिस भएर यस धर्तीमा जन्मेपछि आखिर जीवनका अनेकौ कष्टप्रद मोडहरुबाट गु्रजनै पर्दोरहेछ आखिर ।

छिमेकी मुलुक चीन, भारत अमेरिका, इटली हुँदै चाइनाको बुहानबाट नेपाल भित्रिएको कोभिड–१९ ले धेरैलाई चिन्तित बनायो । गएको वर्षसँगै अहिलेको वर्ष पनि कोभिड–१९ को दोस्रो भेरिएन्ट नेपाल भित्रिएपछि खाद्यान्न बाहेक सबै सेवाहरू बन्द गरियो । अघिल्लो वर्ष ०७७ मात कम मानिसले ज्यान गुमाएका थिए । कोभिड–१९ को दोस्रो भेरिएन्टबाट ०७८ मा धेरैले ज्यान गुमाए, धेरैको जागिर गुम्यो, कतिलाई जागिरबाट नै हटाइयो । व्यापारीहरूले अरबौको क्षति बेर्होनु पर्‍यो विभिन्न व्यवसाय गर्ने व्यापारीले ठूलो घाटा बेर्होनु पर्‍यो । कतिको त कमाउने, खाने बाटो नै गुम्यो । मजदुरी गर्ने र जागिर गुमेकाहरूका लागि गएको वर्ष विभिन्न ठाउँमा राहात वितरणमा पनि भनसुन र पहुँच हेर्न थालिएका सामाचार पनि बाहिर आए ।
मेरो आइकम पढ्दाको साथी पनि न्याउरो स्वरमा भन्दै थिइन धेरै लगानी गरेर व्यवसाय शुरु त गरे तर शुरु गरेको एक महिना नहुँदै लकडाउन भयो । निजी स्कुलमा जागिर गर्ने साथी पनि लकडाउनकै कारण विद्यालय बन्द भएपछि जागिर बिहीन भएको बताउँछन् ।

यस्तै प्राइभेट कम्पनीमा काम गर्ने साथी केही दिनलाई विदा बस भनेर विदा दिइयो पछि सबैलाई काममा बोलाइयो मलाई बोलाइएन सायद मेरो भनसुन र पहुच नपुगेर होला वर्षोदेखि काम गर्दै आएको जागिरमा पनि यति धेरै असमानता र विभेद दुनियाँलाई देखाउन निकै नै समानता र आदर्शका कुरा गर्नेहरूभित्रभित्रै दबाउन पाए भने यतिसम्म हेप्छन् की त्योत भोग्नेलाई मात्र थाहा हुन्छ, अनेक बाहाना बनाएर, मेरो देश यहाँ राम्रोलाई होइन आफ्नोलाई साथ दिन्छन्, योग्यतालाई भनसुन र पहुचँलाई साथ अनेक जालजेल गर्ने उसको भनाई थियो । यस्ता कुराले निकै चित्त दुख्यो । मनमा अनेक कुराहरू खेल्न थाल्यो के साँच्चै यहाँ आफ्नो कुरा गरिदिने कोही भएन भने केही गर्न सकिदैन् ? आखिर यहाँ हाम्रो योग्यताभन्दा निकटता शक्तिशाली हुन्छ भन्ने कुरा सत्य ठहरियो ।

त्यस्तै कुनै नाम चलेकै प्राइभेट कम्पनीमा काम गर्ने साथी पनि कोरोना पोजेटिभ देखिएका कारण २० दिनको विदामा अफिसकै सहमतिमा विदा बस्यो । आमासँगै घरको सम्पूर्णलाई कोरोना पोजेटिभ देखियो । अरुलाई त निको भयो । आमालाई भने गुमाउनु पर्‍यो । अबत बाँकी छत केवल पीडैपीढा, सम्झना र याद मात्र बाँकी छन् । मेरो आमाले कति सपनाहरू देखाउनु भएको थियो । सपनाहरू टुटेका छन् फुटेका छन् । उ एकोहोरो आफ्नो पीडा पोखिरहेको थियो । म उसलाई केहि भन्न त खोज्दै थिए । उ एकोहोरो आफ्नो पीडा मात्रै पोख्दै थियो । म उसलाई केही आश्वासन दिदै जे भयो त्यो भइनै हाल्यो दैवको लेखा ।

विछोड र विनाश थयो भनेर पुनपुर्रामा हात राखेर बसेर केहि हुँदैन आफ्नो शोक र पीडालाई शक्तिमा बदल्ने प्रयास गर्नु नै पर्छ । भनेजति सजिलो त कहाँ हुन्छ र आफ्नो घरको प्यारो मान्छे गुमाउँदाको पीडा कति हुन्छ त्योत भोग्नेलाई मात्र थाहा हुन्छ । भित्रभित्रै फाटेको छन् मनहरू, चर्किएको छन् मनहरू, कोरोनासँगँ धेरैका सपनाहरू खोसिएका छन्, चकनाचुर भएका छन् अस्थव्यस्थ भएको छ । धेरैको जीवनमा खुसीहरू कोरोनासँगै खोसिएको छ । आखिर कहिले साम्य हुन्छ कुन्नि यो कोरोना फेरि तेस्रो भेरियन्ट पत्ता लाग्यो भन्ने समाचार आइरहेको छ आखिर कहिलेसम्म ।

अहिले सबैतिर कोभिड–१९ कै कारण लथालिङ्ग भएको बेला केहि व्यक्तिको व्यक्तिगत स्वार्थपूर्तिका निम्ति लामो समय दुःख गरेर आएको व्यक्तिलाई पाखा लगाएर आफ्नो अवसरका लागि कसैलाई प्रवेश गराएर काखी च्याप्नु भनेको उसले बगाएको पसिनामाथिको अपमान र अन्याय हो । सुःखमा त जसले पनि भद्र र उद्दार देखिने सहयोगी र परोपकारीको अभिनय गर्दा रहिछन् नै । सहयोगी, परोपकारीको परीक्षा तब हुन्छ जब संकट आइलाग्छ ।