आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

पर्वतमा होटेल व्यवसायी तुलाचन मृत फेला

दैनिक नेपाल २०७८ साउन ३० गते ८:४२

कुश्मा, ३० साउन । बिहीबार बिहानदेखि सम्पर्कबिहीन बनेका पर्वतको कुश्माका एक होटल व्यावसायी मृत अवस्थामा फेला परेका छन् ।

मुस्ताङ होटलका संचालक गजेन्द्र तुलाचन शुक्रबार दिउँसो बागलुङ नगरपालिका १० डबल्याङमा मृत फेला परेका हुन् ।

झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बिहीबा बिहान ६ बजे मर्णिङवाकका लागि निस्किएका तुलाचन दिउँसो अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले शुक्रबार दिउँसो मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ । मृतक तुलाचनको शव पोष्टमार्टमा लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित