आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

शनिबार यस्तो रहनेछ देशभरिको मौसम

दैनिक नेपाल २०७८ साउन ३० गते ८:२९

काठमाडौं, ३० साउन । विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको हुनेछ ।

विशेष गरी प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ। यसले गर्दा तराई भेगमा वर्षाको सम्भावना धेरै रहेको छ । शनिबार राति अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ ।

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित