आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

माओवादीको केन्द्रीय कमिटी बैठक आज बस्ने

दैनिक नेपाल २०७८ साउन ३० गते ७:३०

काठमाडौं, ३० साउन । समग्र राजनीतिक अवस्थाका विषयमा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ ।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने भएका छन् । शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रतिवेदन पेश गर्ने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकले गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने निर्णय समेत गरेको थियो। त्यसका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालित हुने प्रचण्डले निर्देशन दिएका थिए ।

केन्द्रीय कमिटी बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वर्द्धनका विषयमा छलफल हुने भएको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाबारे पनि छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित