आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शको पहिलो साधारण सभा तथा अधिवेशन सम्पन्न

दैनिक नेपाल २०७८ साउन २९ गते २२:४१

बुटवल, २९ साउन । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शको पहिलो साधारणसभा तथा अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।

उक्त साधारणसभाले लुम्बिनी चेम्बर अफ कमर्शको १६ जना कार्यसमितिमध्ये १२ जना सदस्य समेत चयन गरेको छ । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष टंकप्रसाद पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले निर्विरोध निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गरे ।

सो अवसरमा शेरचनले अबका दिनमा आयातित व्यापारलाई निरुत्साति गरी उत्पादनमुखी अर्थतन्त्रमा ध्यान जानु जरुरी रहेको बताए ।

त्यसैगरी विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले लुम्बिनी प्रदेशमा रहेको बुद्ध भूमिको अन्तर्राष्ट्रिय प्रचार भइरहेको तथा २९ प्रतिशत भू–भाग कृषियोग्य जमीन भएकाले समुचित प्रयोग गरी कृषिमा जोड दिई आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।

पहिलो साधारण सभाबाट चयन भएका सदस्यहरुको प्रथम बैठकले उपाध्यक्षमा श्रीधर महरा, महासचिवमा झविन्द्र कँडेल, सचिवमा चिरञ्जिवी पोखरेल, कोषाध्यक्षमा युवराज न्यौपाने चयन भएका छन् । त्यस्तै सदस्यहरूमा उदयराज लम्साल, यमकुमारी सुवेदी, मदन खड्का, पदम पोखरेल, जयप्रकाश गुप्ता, सुकदेव बेल्वासे, खिमबहादुर खत्री, उमानाथ घिमिरे चयन भएका छन् ।

त्यस्तै मनोनिततर्फ शिव ज्ञवाली र महिलातर्फ मञ्जु पराजुली चयन भएका छन् ।

प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष नेपाल चेम्बर अफ कमर्श कार्यसमितिले चयन गर्ने र अन्य पदमा जिल्ला, महानगर, उपमहानगर, नगर, गाउपालिका तथा वडा चेम्बरहरुबाट निर्वाचन हुने वैधानिक व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित