७ कार्तिक २०८३, शनिबार

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले आज शुक्रबार चालू आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

सरकार परिवर्तन भएको हुनाले मौद्रिक नीति ल्याउन ढिला भएको थियो । सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरिसकेको छ । सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिसकेको हुनाले राष्ट्र बैंकले पनि सोही अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।

यो पटकको मौद्रिक नीति पुँजी बजारमैत्री हुने लगानीकर्ताहरूले अनुमान गरेका छन् ।