७ कार्तिक २०८३, शनिबार

सनराइज बैंकको २ वटा शाखारहित बैंकिङ्ग सेवा बिस्तार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । काठमाडौं । सन्राइज बैंक लिमिटेडले बंैकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्‍याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ ।

सोही क्रममा बैंकले सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नं. ५, खानीडाँडामा ८४ औं शाखारहित बंैकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले बाग्मती प्रदेश, नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं.१२ गौरीबेशीमा ८३ औं गरी थप १ शाखारहित बैंकिङ्ग सेवाको सुरु गरेको थियो ।

सो शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८४ पुगेको छ । बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागि खानीडाँडाको स्थानीय व्यवसायी श्रीमती कविता जिसी भाट र गौरीबेशीका रविन्द्र घिमिरेलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

शाखारहित बंैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायतका सेवाहरु उपयोग गर्न सकिने बैंकले जनाएको छ ।