
काठमाडौं, २८ साउन । ग्लोबल आईएमई बैंक र क्लासिक भिल्ला प्रालिबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्लाका अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी अनुसार क्लासिक भिल्लाले ललितपुर महानगरपालिका–२३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घर–जग्गा खरीद गर्न चाहने नेपाली नागरिकहरुलाई बैंकले सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्ने छ ।
यसका साथै ग्लोबल आईएमई बैंक क्लासिक भिल्लाले निमार्ण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रुपमा समेत रहने छ ।















प्रतिक्रिया