४ मंसिर २०८३, शुक्रबार

आफ्नै छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, २८ साउन । पर्वतमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा र काकालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नी १६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४४ वर्षीया बुवा र उनका आफ्नै ३६ वर्षीया काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

१६ वर्षकी किशोरी छोरीलाई बुवा र अंकलले पटक पटक बलात्कार गरेकोमा गत वैशाख २ गते बुवा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेका बुवा र अंकलविरुद्ध किशोरीका दाईले दिएको जाहेरीका आधारमा २ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमति काकासंगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको छ र पक्राउ परेकाहरुलाई जवरजस्ती करणी अन्तर्गत जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरू र पीडितको विवरण गोप्प राखिएको छ ।