काठमाडौं, २७ साउन । गृहमन्त्री बालकृष्ण खाणले सरुवा भएर आएका नयाँ गृहसचिव टेकनाथ पाण्डेलाई स्वागत गरेका छन् ।
बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मन्त्री खाणले सचिव पाण्डेलाई स्वागत गरेका हुन् । पाण्डेलाई सरकारले भूमि सुधार मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरेर ल्याएको हो ।
पाण्डेले गृहसचिवको जिम्मेवारी समेत सम्हालेका छन् ।
गृह मन्त्रालयमा सरुवा भएर आएका सचिव पाण्डे प्रशासनमा दक्ष मानिन्छन् ।
यसअघिका गृह सचिव महेश्वर न्यौपानेलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेर थन्काएको छ ।











प्रतिक्रिया