४ मंसिर २०८३, शुक्रबार

ओखलढुंगामा दुई समूहबीच झडप, एक जनाको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, २७ साउन । ओखलढुङगा सिद्धिचरण नगरपालिका–५ चित्रेस्थित बाटोमा आपसी झगडा भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।

४२ वर्षीय पासाङ तेन्जी शेर्पा र ६३ वर्षीय आङगुबु शेर्पाबीच झगडा भई कुटपिट भएको हो । मंगलबार राति दुई जनाबीच कुटाकुट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु पासाङको मृत्यु भएको छ ।

आङगुबु शेर्पाको सोही अस्पतालमा नै उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले घटनाबारे अनुसन्धान गरिरहेको छ।

मदिरा सेवनपछि आपसी झगडा हुँदा दुबैले एकले अर्कोमाथि ढुंगा प्रहार गरेका थिए ।