२९ आश्विन २०८३, बिहिबार

पशुपतिनाथ मन्दिरमा डासुराम पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, २५ साउन । लन्डनको पशुपतिनाथ मन्दिरमा डासुराम पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

हिजो आइतबार सम्पन्न मन्दिरको पाँचौं अधिवेशनले पाण्डेको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सरिता पौडेल, सचिवमा जीवन वाग्ले, सह–सचिवमा राधा पोखरेल र कोषाध्यक्षमा भोजराज कँडेल चयन भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा मञ्जु गौतम, विष्णु ज्ञवाली, रामकृष्ण अर्याल, शालिक सापकोटा, अर्कराज तिम्सिना, रोमनाथ पाण्डे, हरिप्रसाद ओझा र राधा सापकोटा चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवम् मन्दिरका संस्थापक अध्यक्ष होम शर्माले शपथ खुवाएका छन् । मन्दिरका पूर्वध्यक्ष बालजंग अर्याल, ट्रस्टी संयोजक कर्ण शाही, पण्डित निलहरि घिमिरेलगायतले नयाँ कार्यसमितिलाई कार्यसफलताको शुभकामना दिंदै निवर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसअघि निवर्तमान कार्यसमितिका अध्यक्ष नरेन्द्र कँडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव कल्पना त्रिपाठीको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष गोपाल अर्यालको आर्थिक प्रतिवेदन एवम् विधान समिति संयोजक कर्ण शाहीले प्रस्तुत गरेको विधान संशोधनको प्रस्ताव छलफलपछि पारित गरेको थियो ।

दुई वर्षे कार्यकालका लागि चयन भएका अध्यक्ष पाण्डे मन्दिरको स्थापनाकालदेखि नै सक्रिय भियन्ता हुन् । मन्दिरको कार्यसमितिमा उनले कोषाध्यक्ष, सचिव हुँदै यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । एनआरएन यूकेमा समेत पाण्डेले कोषाध्यक्ष, सचिव र उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।