७ कार्तिक २०८३, शनिबार

एसईई उत्तीर्णलाई टेलिकमले निःशुल्क सीमसहित ‘स्टुडेन्ड रेजिष्ट्रेशन प्याक’ दिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेपाल टेलिकमले हालै एसईई उत्तीर्ण विद्यार्थीलाई निःशुल्क सीमसहित ‘स्टुडेन्ड रेजिष्ट्रेशन प्याक’ र ‘अन रिचार्ज प्याक’ दिने घोषणा गरेको छ ।

नेपाल टेलिकमले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि एसईईका विद्यार्थीहरूका लागि ‘एसईई अफर’सहितको निःशुल्क सीम –एसईई स्टुडेन्ड सीम) उपलब्ध गराउन लागेको बताएको छ । उक्त सीम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क उपलब्ध हुने छ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सीम छ भने सोही सीममा यी अफरहरू उपलब्ध गराउने व्यवस्था समेत गरिएको टेलिकमले जनाएको छ ।

नयाँ सीम प्राप्त गर्नका लागि विद्यार्थीहरूले कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्ने छ । सीम लिइसकेपछि ‘स्टुडेन्ड रजिष्ट्रेशन प्याक’ प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट *1600# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सीमबोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ ।

उक्त प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुने छ । उल्लिखित सुविधाहरू नेपाल टेलिकमको नेटवर्कमा मात्र लागू हुने कम्पनीले स्पष्ट पारेको छ ।

यो अफर भएको नयाँ सीममा ‘बोनस अन रिचार्ज प्याक’ समेत उपलब्ध गराइएको कम्पनीले बताएको छ । यस प्याकमा रू. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । यो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुनेछ । बोनसवापत यसरी प्राप्त हुने सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ ।

विद्यार्थीहरूले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा स्टुडेन्ट रजिष्ट्रेशन प्याक सुविधा उपयोग गर्नुपरेमा प्रयोग गरिरहेको मोबाइलबाट *1600# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सीमबोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ ।

त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सीमलाई विद्यार्थी सीमका रूपमा रजिष्टर गर्दछ । यी दुवै प्याकबाट प्राप्त हुने कल मिनेट, एसएमएस र डाटा रजिष्टर गरेको र रिचार्ज गरेकोे ३० मिनेट भित्रमा प्राप्त गर्न सकिने छ ।

एसईईका विद्यार्थीहरूका लागि कम्पनीले निःशुल्क प्रदान गरेको वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सीमको रूपमा रूपान्तरण गरिएको सीमकार्डमा आवश्यकताबमोजिम ई–शिक्षा प्याकेज पनि लिन सकिनेछ । यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएकोछ ।

नयाँ सीम प्राप्त गरेका विद्यार्थीहरूले सीम कार्डमा मेन व्यालेन्सको रूपमा उपलब्ध हुने १० रूपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । हाललाई एसईई अफर सहितको नयाँ सीम तीन महिनासम्म उपलब्ध हुने छ ।