
काठमाडौं, २५ साउन । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
सुन तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि हिजो आइतबार छापावाल सुन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया