
काठमाडौं, २४ साउन । नबिल बैंकले आफ्ना शेयरधनीहरूलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ ।
कम्पनीले आज आइतबार एक सूचना जारी गर्दै कम्पनीको २०७२ साल पुस १३ गते सम्पन्न ३१औं साधारण सभाबाट पारित नगद लाभांश कतिपय शेयरधनी लिन नआएकाले पुरानो लाभांश बुझिलिन अनुरोध गरेको हो ।
कम्पनीले एक महिनाभित्र बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ नेपाल लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गर्न भनेको हो ।
एक महिनापश्चात उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले जानकारी दिएको छ ।















प्रतिक्रिया