२८ आश्विन २०८३, बुधबार

मान्छेको जस्तो दाँच भएको दुर्लभ माछा भेटियो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको छ ।

सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा जेनेट पियरले पोस्ट गरेकी थिइन् । यसपछि विज्ञहरुले यो ‘सीप्सहेड’ प्रजाति भएको पहिचान गरेका हुन् । यसको मुख भेडाको जस्तै भएकाले यसलाई सीप्सहेडको नाम दिइएको छ ।

ह्यासट्याग सहित पोस्ट गरिएको यसको तस्बिरबारे सामाजिक संजालमा अधिक चर्चा चलेको छ । कति प्रयोगकर्ताले सो माछाको दाँत आफ्नो भन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् भने कतिले यसलाई कार्टुनको पात्र असली हुनेसँग पनि जोडेका छन् ।