काठमाडौं, २३ साउन । एनएमबि बैंक लिमिटेडले प्रतिवर्ष ८.५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने सुनिश्चितता गरेको छ ।
निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ बर्ष सम्म एउटै ब्याजदर रहने तथा २५ बर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि सारिएको हो ।
फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रति वर्ष ७.९९ प्रतिशतमै कर्जा प्रदान गर्दै आइरहेको छ ।
यसरी ग्राहकवर्गहरुले डेरा भाडा तिर्नेे पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यस योजनाले सघाउ पु¥याउने विश्वास लिईएको छ ।















प्रतिक्रिया