२९ आश्विन २०८३, बिहिबार

बोस्टनमा पत्रकार विरहीको सम्मान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बोस्टन । वरिष्ट पत्रकार हरिहर विरहीलाई बोस्टनमा सम्मान गर्दै रात्रीभोजसहित सम्मान गरिएको छ ।

राज–मित्र स्मृति प्रज्ञाप्रतिष्ठानले विरहीको सम्मान कार्यक्रमको आयोजना गरेको हो । प्रतिष्ठानका संरक्षक सुशील नेपालले विरही र उनकी धर्मपत्नी ज्ञानु आचार्यलाई सम्मानित गरेका हुन् ।

बोस्टनमा बसेर साहित्य सिर्जना गर्ने सर्जकलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले बोस्टन भ्रमणमा आउने साहित्यकार र पत्रकारलाई पनि सम्मान गर्ने गरेको छ ।

राजमित्र स्मृति प्राङ्गणमा आयोजित कार्यक्रममा बोस्टनका समाजसेवी प्रह्लाद केसी, अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, राजमित्र प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हरि काफ्ले, अनेसास बोस्टन च्याप्टर अध्यक्ष दीपा राई पुन, चर्चित फोटोग्राफर विमल नेपाल र पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियो ।

यसअघि वरिष्ठ पत्रकार तारा बराल र साहित्यकार विटु केसीलाई पनि सम्मान गर्दै रात्रीभोजको आयोजना गरेको थियो ।