४ मंसिर २०८३, शुक्रबार

मेरुदण्ड पक्षघात भएका अपाङ्गहरूका मागप्रति सरकार गम्भीर : गृहमन्त्री खाण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । गृहमन्त्री बालकृष्ण खाणले मेदरुदण्ड पक्षघात भइ अपाङ्गता भएका व्यक्तिहरूका विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।

मेरुदण्ड पक्षघात भइ अपाङ्ता भएका व्यक्तिहरूको संगठन ‘स्पाइनल कर्ड इञ्जरी नेटवर्क नेपाल’का प्रतिनिधिहरूसंग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटघाट क्रममा गृहमन्त्री खाणले अपाङ व्यक्तिहरूका मागका विषयमा वर्तमान सरकार गम्भीर रहेको बताए ।

स्पाइनल कर्ड इञ्जरी नेटवर्कका प्रतिनिधिहरूले राखेका मागलाई सरकारले सम्बोधन गर्ने आश्वासन खाणले दिएको निजी सचिवालयले जनाएको छ ।

भिन्न क्षमता भएका नागरिकहरूलाई लक्षित गरेर शिक्षा, स्वास्थ, रोजगारी एवम् जीविकोपार्जनमा राज्यले हेर्नुपर्ने विषयमा सरकार गम्भीर रहेको गृहमन्त्री खाणले बताए ।