७ कार्तिक २०८३, शनिबार

सिभिल बैंकको एक्सटेन्सन काउन्टर करदाता सेवा कार्यालय तौलिहवामा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । सिभिल बैंकले कपिलवस्तुको तौलिहवा नगरपालिका–१ स्थित करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन आन्तरिक राजश्व कार्यालय, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरे । बैंकको एक्सटेन्सन कार्यालय सञ्चालनमा आएसँगै अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आन्तरिक राजश्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्ने बैंकले बताएको छ ।

पाँच लाख भन्दा बढी ग्राहकलाई ११४ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको थप नयाँसहित एक्सटेन्सन काउन्टरको संख्या ८ पुगेको छ । जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरले नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न मद्दत गरिरहेको छ ।

साथै बैंकको हालसम्म एटीएम संख्या ८९ वटा छन् । बैंकले हालसम्म करीव रू. ८२ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रू. ७८ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे जनाएको छ ।