८ कार्तिक २०८३, आइतबार

२४ घण्टामा थप ३९३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ११ हजार ८७० जनाको आरटी–पीसीआर गर्दा ३००७ जना र ६ हजार ५३८ जनाको एन्टिजेन परीक्षण गर्दा ९३१ जना गरी आज ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८ हजार ७९ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ९९४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १२ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल ७ प्रतिशत हो । पछिल्लो समय निको हुनेको दर क्रमशः घट्दै गएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३६ लाख ५६ हजार ३४२ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३४ हजार ४२२ जना आइसोलेसन र ३७५ जना क्वारेन्टिनमा छन् ।