८ कार्तिक २०८३, आइतबार

नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नेकपा (एमाले)का असन्तुष्ट पक्ष नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् ।

बुद्धनगरमा जारी बैठकमा नेताद्वय पाण्डे र भट्टराई अनुपस्थित भएका हुन् । एमाले एकता कि विभाजनको दबाब बढिरहेको बेला केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपाल–खनाल समूहले बैठक बोलाएका हुन् । उक्त बैठकमा कन्ट्र्याक्ट ट्रेसिङमा परेको भन्दै दुई नेता अनुपस्थित रहेको जानकारी दिइएको छ ।

बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित रहेको र केही उपत्यकाबाहिर रहेकाले छुटेको दाबी गरिएको छ ।