८ कार्तिक २०८३, आइतबार

आफ्नै कोठामा सुतीरहेकी महिलामाथि १७ वर्षीय किशोरद्वारा बलात्कार

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, २१ साउन । आफ्नै कोठामा सुतीरहेकी एक ४५ वर्षीया महिलामाथि १७ वर्षीय किशोरले जबरजस्ती करणी गरेका छन् ।

ती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेवी गाउँपालिका–२ सर्देवा डेरा गरी बस्ने सोही गाउँपालिका–२ कोकलधारा घर भएका १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई आफ्नै कोठामा सुतिरहेको अवस्थामा किशोरले जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । घटनालगत्तै प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।